भ्रष्टाचारमा मुछिएका स्पेनका पूर्वराजा जुआ कार्लोसले छाडे देश 

  |   प्रकाशित :

एजेन्सी । स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् ।

भ्रष्टाचारमा मुछिएपछि पूर्व राजा कार्लोसले देश छाडेका हुन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको थियो । पूर्व राजा कार्लोसले आफ्ना छोरा राजा फेलिपलाई चिठ्ठी लेखी देश छाड्ने निर्णय गरेको खुसाला भएको थियो । 

भ्रष्टाचारमा नातेदार मुछिई विवादमा आएपछि कार्लोसले फिलिपलाई छ वर्ष अघि सत्ता हस्तान्तरण गरेका थिए । देश छाडेपनि कार्लोसले भ्रष्टाचारको अनुसन्धानमा आफूसँग सोधपुछ गर्न चाहेमा उपलब्ध हुने भनेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech