भन्सार र प्रहरीको मिलेमतोमा प्रतिबन्धित माछा वर्षौदेखि आयात

  |   प्रकाशित :

काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको माछा भन्सार र प्रहरीको मिलेमतोमा वर्षौदेखि नेपालमा आयात र बिक्रि वितरण भइरहेको खुलेको छ ।

क्याटफिसका नामले चिनिने मगुर प्रजातिको माछा ठूलो मात्रामा नेपालमा आयात गरेर बिक्रि वितरण भइरहेको छ । गत ४ साउनमा सुनसरीमा मगुर प्रजातिको ७ हजार केजी जिउँदो माछा बरामद भएको छ । 

भन्सार छलीको आशंकामा रोकेर चेक गर्दा प्रतिबन्धित माछा आयात भइरहेको छ । जसमा अर्थ मन्त्रालयकै समेत मिलेमतो पुष्टि भएको छ । किनकी मन्त्रालयले यस्तो धन्दामा साथ दिने विराटनगर भन्सारका कर्मचारीलाई नै संरक्षण गरेको छ ।

यस्तो माछा आयात गर्दा भन्सार समेत छली हुने गरेको पुष्टि भएको छ । विराटनगर भन्सार कार्यालयबाट पाँच हजार आठ सय केजी मूल्याङकन गरेर आयात गरिएकोमा प्रहरीले बरामद गरी चेकजाँच गर्दा सात हजार केसी रहेको खुलेको छ । 

यसरी जिवित माछा ल्याउँदा अनिवार्य रुपमा जाँच गुर्नपर्ने भएपनि जाँन नै नगरी आयात भएको पाइएको छ । एकातर्फ प्रतिबन्धित माछा आयात दिनु र अर्कोतर्फ भन्सार समेत छलीमा कर्मचारीले साथ दिंदा समेत छानबिन नहुनले यसमा अर्थ मन्त्रालयकै मिलेमतो प्रष्ट भएको छ । साथै सो तस्करी गर्ने व्यापारीलाई समेत प्रहरीले उन्मुक्ति दिएको छ । संभार दृष्टिबाट

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech