प्रचण्ड र गौतमबीच भेटवर्ता, भेट निकै सकारात्मक !

  |   प्रकाशित :

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमलाई भेट्न आज भैंसेपाटीस्थित उनकै निवास पुगेका छन् । 

प्रचण्ड र गौतमबीच भएको भेटवर्तामा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । दुई नेताबीच ४५ मिनेट छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार भेट निकै सकारात्मक भएको छ ।

भेटवर्तामा प्रचण्डले पार्टीको विवाद समाधानको उपायबारे छलफल गरेका थिए । दुई नेताबीच बामदेवले प्रस्तुत गरेको छ बुँदे प्रस्तावबारे समेत छलफल भएको थियो । भेटमा प्रचण्डले बामदेवको पछिल्लो धारणाबारे समेत सोधेको बुझिएको छ ।

केहीदिन अघि उपाध्यक्ष गौतमले पार्टी जोगाउने उपाय भन्दै ६ बुँदे प्रस्ताब लिखित रुपमा प्रस्तुत गरेका थिए । त्यो प्रस्ताब प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष सहयोग मिल्ने र समर्थनमा छ । यसपछि आ-आफ्नो पक्षमा तान्न गौतमलाई ओली र प्रचण्डले निरन्तर भेटघाट गर्दै आएका छन् ।

६ बुँदे प्रस्ताव जारी गरेकै दिन नै प्रधानमन्त्री ओली गौतमलाई भेट्न भैँसेपाटी पुगेका थिए । त्यसपछि अधयक्ष प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवास नेम्बाङसहितका नेता लिएर बालुवाटार पुगेका थिए । तर त्यो बैठक पनि फलदायी हुन सकेन ।

पार्टी र सरकार संचालनमा ओली असफल भएको भन्दे अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहितका बहुमत नेताहरुको मागपछि नेकपामा संकट पैदा भएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech