गैरजिम्मेवारपन अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छः ओली

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरजिम्मेवारपन अन्त खोज्न गइरहनु नपर्ने बताएका छन् । 

उनले आफ्नै पार्टीमा गैरजिम्मेवारपन देखिएको बताएका छन् । मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टी (नेपाल कम्युनिस्ट पार्टी)का केही व्यक्तिमा गैरजिम्मेवार देखिएको बताएका हुन् । 

‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? के गर्ने हो सोच केही छैन ? स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।’

प्रधानमन्त्री ओलीले केहि नेताहरुले देश र जनताप्रति गम्भीर उदासिनता देखनउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech