देशमा दुई साता लकडाउन लगाउन विज्ञहरूको सुझाव, प्रधानमन्त्री ओली सकारात्मक

  |   प्रकाशित :

काठमाडौं । विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलएर ओलीले कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गरेका छन् । उक्त छलफलमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।  

छलफलमा सहभागी एक विज्ञले दिएको जानकारीअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । र, उनीहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक छन् ।

परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech