प्रधानमन्त्रीले बोलाएको बैठक नेकपाकै शीर्ष नेताले गरे बहिष्कार

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक सत्तारुढ नेकपाका शीर्ष नेताले नै बहिष्कार गरेका छन्।

लकडाउन गर्नेबारे छलफल गर्न ओलीले आज बालुवाटारमा बैठक बोलाएका थिए। जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई बोलाएका थियो।

बैठकमा बरु प्रतिपक्षी नेता शेरबहादुर देउवा सहभागी भए। विज्ञहरु सहभागी भए। मन्त्रीहरु सहभागी भए। तर आफ्नै पार्टीका नेता उपस्थित नभएपछि ओलीले खल्लो महसुस गरेका छन्।

यसरी ओली इतरका नेता उनले बोलाएको बैठक नै बहिष्कार गरेका हुन्। यसअघिको विज्ञ बैठकमा कमसेकम प्रचण्ड त सहभागी भएका थिए। तर आजको बैठकमा त उनी पनि गएनन्। यसबाट नेकपाभित्र विवाद विस्फोटको अवस्थामा पुगेको अनुमान लगाउन सकिन्छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech