नेपाल कोरोना अपडेटः थप २५९ जनामा देखियो संक्रमित, कुल संक्रमितको संख्या २१ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । मुलुकमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ५९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ।  सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech