काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित 

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । 

उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६२ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि काठमाडौंमा उपत्यकामा एकदिनमा सबैभन्दा धेरै ५३ कोरोना संक्रमित थपिएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना गरि उपत्यकामा ६२ कोरोना संक्रमित थपिएका हुन् । 

मंगलबार देशैभर २५९ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech