पार्टी बैठकबाट ओलीले भाग्न मिल्दैनः नेकपाका प्रवक्ता श्रेष्ठ

  |   प्रकाशित :

गोरखा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् ।

मंगलबार गोरखा जिल्लाको सदरमुकाम आएका श्रेष्ठले पत्रकाहरुसँगको भेटघाटमा अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका हुन् ।

‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ उनले भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’ वैठकमा सहभागी भएर वृद्धि विवेक पु¥याएर निष्कर्ष निकाल्नुपर्ने श्रेष्ठको भनाइ छ । 

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने मन्साय व्यक्त गरेका छन् । आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने तर्कसहित प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकमा सहभागी नहुने जनाएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech