प्रधानमन्त्रीले गरे प्रतिपक्षी नेता देउवाको अपमान, कांग्रेस नेता कार्यकर्ता आक्रोशित

  |   प्रकाशित :

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाको अपमान गरेका छन्। नेपाली कांग्रेसका सभापति देउवालाई ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मर्यादाक्रममा अपमान गरेका हुन्।

ओली प्रधानमन्त्री भए पनि पदीय मर्यादामा देउवाको हैसियत उनकै बराबर हो। तर मंगलवार बालुवाटारमा विज्ञसँगको छलफलमा ओलीले मर्यादाक्रममा विभेद गरेका छन्। ओलीले आफूलाई राजाजस्तो गरी प्रस्तुत गरेका थिए भने देउवालाई प्रजाजस्तो। बैठकमा सभापति देउवालाई पछाडि कुर्सीमा राखिएको थियो।

यसअघिका बैठकमा सँगै राख्ने गरिए पनि यसपालि भने सौताको जस्तो व्यवहार ओलीले देखाउने कांग्रेस नेता कार्यकर्ताले आरोप लगाएका छन्। पछाडिको कुर्सीमा देउवासँगै महन्थ ठाकुर पनि सहभागी थिए।

नेताहरुले प्रधानमन्त्रीमा दम्भ बढेको आरोप लगाएका छन्। प्रतिपक्षी नेताको अपमान सैह्य नहुने उनीहरुको भनाई छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech