पद जाेगाउन मन्त्री सोनल ‘ब्रिफकेस’ सहित काठमाडौंमा, युवा सांसदहरु आक्रोशित !

  |   प्रकाशित :

काठमाडौं । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा त्यहाँका मन्त्रीहरु ‘ब्रिफकेस’सहित काठमाडौं आएका छन् ।

मन्त्री पद जोगाउनका लागि पार्टीका अध्यक्ष समक्ष हारगुहार गर्न मन्त्री सोनलको नेतृत्वमा प्रदेश २ का मन्त्रीहरु ‘ब्रिफकेस’सहित काठमाडौं आएको विश्वस्त उच्च स्रोतले जानकारी दिएको छ ।

यता, जनता समाजवादी पार्टी नेपालकै १५ जना सांसदहरु मनिष सुमन, उपेन्द्र महतो, विदेश्वर यादव, बाबुलाल साह, किशोरी यादव, शारदा शंकर, पारस साह, प्रह्लाद गिरी, अशोक यादव, रमेश पटेल, कौशल यादव सहितका प्रदेश सांसदहरु पार्टी बचाउन भन्दै अध्यक्ष तथा शीर्ष नेताहरुलाई ज्ञापन दिएका छन् ।

सांसदहरुले पार्टी बचाउन मन्त्रिमण्डल परिवर्तन गर्ने माग राखेपछि मन्त्री सोनलसहित अन्य मन्त्रीहरु पनि पद जोगाउन सक्रिय बनेका छन् । मन्त्रीहरुले अध्यक्षहरुलाई सामूहिक रुपमा भेटी आफूलाई मन्त्रीबाट नहटाउन ५०/५० लाख सहितको ब्रिफकेस दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्री सोनलले करोडौ रुपैया अध्यक्षहरुलाई दिएका छन् ।

ज्ञापन दिने सांसदहरुले प्रदेश २ का मन्त्रिमण्डल परिवर्तन गरी काम गर्ने क्षमतावान र स्वच्छ छविका अनुहारहरु पठाउन अनुरोध गरेका छन् । प्रदेशमा मन्त्रीहरुको कार्यशैलीका कारण प्रदेश सरकार बदनाम भएको, भ्रष्टाचारले चरम सीमा नाघेको भन्दै मन्त्रीमण्डल परिवर्तन गर्न असन्तुष्ट समुहले भनेका छन् ।

सांसदहरुले सबै मन्त्री परिवर्तन गर्न भनेका छन् । ‘प्रदेश २ का मन्त्रीहरुबाट जनता अलिकति पनि सन्तुष्ट हुने ठाउँ छैन । अहिलेसम्म जनताले महसुस गर्ने एउटा पनि काम मन्त्रीहरुले गर्न सकेन । त्यसैले हामी सबैलाई हटाएर नयाँ अनुहार आउनुपर्छ भनेका हौ ।’ सांसदहरुले भनेका छन् ।

विगत देखी प्रदेश २ का मन्त्रीहरुमाथि व्यापक भ्रष्टाचार, अनियमितता र कमिशन खाने लगायतका आरोपहरु लाग्दै आएका थिए । महामारी फैलिएको बेलामा पनि मन्त्रीहरुको कार्य र व्यवहारमा कुनै परिवर्तन नआएपछि ज्ञापन दिने सांसदहरुले मन्त्रिमण्डल परिवर्तन गर्न पार्टी नेतृत्वलाई सामूहिकरुपमा दबाब दिएको बुझिएको छ

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech