परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने त्रिविको तयारी

  |   प्रकाशित :

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको छ ।

सरकारले लकडाउन हटाएपछि कोभिड-१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको हो ।

यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरू स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले अहिलेकै अवस्थामा परीक्षा लिन नसकिने बताए । ‘संक्रमण बढेको छ, अब अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्छौँ,’ उनले भने । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजनिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech