लकडाउन नै अचुक उपाय होइनः डा. पुन

  |   प्रकाशित :

काठमाडौं । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले कोरोना संक्रमण आगामी दिनमा बढ्ने प्रक्षेपण गरेका छन् । 

क्लिनिकल रिसर्च युनिटका संयोजक समेत डा. पुनले कोरोना संक्रमण आगामी दिनमा बढ्ने प्रक्षेपण गरेका हुन् । उनले कोरोना रोक्ने विधि नबनाए र कार्यान्वयन नगरे संक्रमण बढ्नसक्ने सम्भावना पनि औंल्याएका छन् । 

मंगलबार विहान एक कार्यक्रममा उनले यस्तो औंल्याएका हुन् । लकडाउन नै अचुक उपाय नभएको पनि उनले बताएका छन् । उनले भने ‘लकडाउन नै अचुक उपाय होइन ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech