न्यूनतम योग्यता तोकेको न्यायाधीश नियुक्तीको सन्दर्भमा भागबण्डा हुनुहुँदैनः अध्यक्ष श्रेष्ठ

  |   प्रकाशित :

काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले केही न्यायाधीशमा कार्यक्षमताको अभाव रहेको बताएका छन् । 

उनले न्यायाधीश नियुक्ती भनेको उच्च ज्ञान, चरित्रप्रधान भएको संविधानले न्यूनतम योग्यता तोकेको न्यायाधीश नियुक्तीको सन्दर्भमा भागबण्डा, प्रभाव ईत्यादि हुनुहुँदैन भनेर बारले विगतदेखिनै भन्दै आएको सुनाएका छन् । 

मंगलबार विहान एक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने ‘न्यायाधीशको नियुक्ति भनेको उच्च ज्ञान, चरित्रप्रधान भएको संविधानले न्युनतम योग्यता तोकेका न्यायाधीश नियुक्तिको सन्दर्भमा भागबण्डा, प्रभाव इत्यादि हुनुहुँदैन भन्ने नेपाल बार एशोसियसनले विगतदेखि नै भन्दै आएको छ ।’

‘हामीले जे गुनासाहरू छन्, जे हामीले अनुरोधहरू राखेका छौँ, त्यो ज्ञानको आवश्यक सबैलाई पर्दछ । त्यसमा तालिमको उचित व्यवस्था पर्दछ । त्यस किसिमको तालिम व्यवस्था भएपछि मात्र नियुक्ति गर्नुपर्छ ।’ उनले थपेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech