गोंगबुमा पुरुषको टाउको र खुट्टा काटेर शव सुटकेसमा हाल्ने यी महिला कलाकार, यौन सम्बन्धपछि निर्मम हत्या

  |   प्रकाशित :

काठमाडौं । काठमाडौंको गोंगबुमा टाउको र खुट्टा काटेर सुटकेसमा शव भेटिएको पुरुषको हत्या एक महिलाले गरेको खुलेको छ।

उनी कलाकार पनि भएको खुलेको छ। उनी टेली सिरियलमा काम गर्थिन। दुई सन्तानकी आमा उनी हत्या गरेर एम्बुलेन्समार्फत चितवन गएको खुलेको छ। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।

उनको नाम हो कल्पना मुडभरी। उनले हत्या गरेको स्वीकार गरिसकेको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ। उनलाई छिट्टै सार्वजनिक गरिने प्रहरी अधिकारी बताउँछन्।

सुटकेसमा शव र झोलाभित्र खुट्टा र टाउको फेला परेका पुरुष भने दाङका कृष्णबहादुर बोहराका रुपमा पहिचान भएको छ। कृष्ण र कल्पनाबीच यौन सम्बन्ध रहेको र आर्थिक लेनदेन विवादमा हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

घटना कल्पनाको डेरामै भएको पाइएको छ। शनिवार घटना भएको दिन कृष्ण कल्पनाको कोठा गएको र विवाद भएपछि हत्या भएको देखिएको छ। कल्पनाले हम्बरले कृष्णको अण्डकोषमा प्रहार गरेर हत्या गरेको र खुर्पाले उनको शरीर काटेको र सुटकेसमा हालेर फालेको पनि खुलेको छ।

प्रहरीले घटनास्थलबाट काट्न प्रयोग भएको हतियार, रगत लागेको सललगायत सामान बरामद गरेको छ। गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा आइतवार विहान कालो रङको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो।

त्यसको करिब ३ सय मिटर पर झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो। प्रहरी तीन दिनमै घटनाको अभियुक्तसम्म पुग्न सफल भएको छ। अनुसन्धानमा काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखाका एसएसपी दिपक थापा आफै खटिएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech