‘नेकपा फुटे केपी ओलीकै कारणले फुट्छ, अरुको कारणले फुट्दैन’

  |   प्रकाशित :

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता हितबहादुर गुरुङले ओलीकै कारणले पार्टी फुट्ने बताएका छन् । 

एक कार्यक्रममा बोल्दै नेकपाका नेता गुरुङले पार्टी अरुको कारणले नफुट्ने जिकीर गरेका छन् । साथै पार्टी फुटे केपी ओलीकै कारणले फुट्ने बताएका हुन् । 

‘फुटे केपी ओलीकै कारणले पार्टी फुट्छ, अरुको कारणले फुट्दैन ।’ उनले भनेका छन् । ‘होईन अब मलाई जनताको वास्तापनि छैन् । अब पार्टीको वास्तापनि छैन् । अन्य नेताहरुले के के भन्छन् रु त्यो पनि मलाई मतलव छैन् ।’

‘म अगाडि बढ्छु बढ्छु भन्ने हिसाबले अहिले जसरी सोचिरहनुभएको छ, त्यही ढंगले मात्रै निरन्तर रुपमा सोच्ने काम गर्नुभयो भने अब पार्टी उहाँकै कारणले फुटेमात्रै हो, अरुको कारणले फुट्दैन् ।’ उनले भनेका छन् । 

ओलीले राजीनामा नदिए सुख नहुने पनि बताएका छन् । उनले पार्टी फुटाउने काम वालुवाटारले गर्दै गरेको पनि बताए । उनले भनेका छन्, ‘ओलीले राजीनामा नदिए  सुखै छैन, पार्टी फुटाउने काम वालुवाटारले गर्दैछ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech