कालिकोटमा गएको पहिरोले वडा सदस्यको घर पुर्यो, ६ जनाको मृत्यु

  |   प्रकाशित :

कालीकोट । महाबै गाउँपालिका-३ नकु भन्ने स्थानमा पहिरो गएको छ ।

गए रातिको गएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको हो । 

मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech