पहिरोमा बेपत्ता भएका ३८ जनाको यथासिघ्र खोजी गर्न तरुण दलको आग्रह (विज्ञप्तीसहित)

  |   प्रकाशित :

काठमाडौं । पहिरोमा ३८ जना बेपत्ता भएकोमा नेपाल तरुण दल केन्द्रिय समिति मर्माहत भएको जनाएको छ । 

तरुण दलका अध्यक्ष जित जंग बस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले केन्द्रिय समितिलाई मर्माहत मनाएको जनाएको छ । 

बस्नेतद्धारा जारी विज्ञप्तीमा ‘उक्त स्थानका जनताले पटक पटक आफ्नो बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिनहुनका लागि ध्यानाकर्षण गराउदा पनि सम्बन्धित निकाय जिम्मेवार नबन्दा यो अबस्था आएको हो भन्ने नेपाल तरुण दल केन्द्रिय समितिको ठहर छ।’ उल्लेख छ । 

साथै, ‘यसरी आम जनताको माग प्रति गैर जिम्मेवार हुनेलाई हदै सम्मको कारवाही गर्नुहुन साथै बेपत्ताहरुको यथासिघ्र खोजी, घाईतेहरुको उपचार र जोखिममा रहेका परिवारहरुको सुरक्षित स्थानान्तरण गर्नका लागि सम्बन्धित निकायलाई आग्रह गर्दछौ । साथै नेपाल तरुण दल जिल्ला, क्षेत्र, पालिका र वडा समितिलाईपनि उद्दार ,राहात र स्थानान्तरण कार्यमा जुट्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछौ ।’ पनि भनिएको छ । 

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech