त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न नेविसंघको माग

  |   प्रकाशित :

काठमाडौं । साउन २७ गते त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरीविद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो । 

उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech