पाकिस्तानले मन्दिर भत्काएकाेमा राष्ट्रीय एकता अभियानको विरोध, प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप

  |   प्रकाशित :

काठमाडौं । काठमाडौ स्थित पाकिस्तानी दूतावास अगाडि बिरोध प्रदर्शन भएको छ । 

पाकिस्तानमा बौद्ध र हिन्दू मन्दिर भत्काएकोमा विरोध जनाउँदै राष्ट्रीय एकता अभियानका अभियन्ताहरुले आज दिउँसो काठमाडौ स्थित पाकिस्तानी दूतावास अगाडि बिरोध प्रदर्शन गरेका हुन् । 

‘पाकिस्तानमा हिन्दु मन्दिरहरु किन भत्कायो ?’, ‘पाकिस्तानमा बौद्ध मुर्तिहरु किन तोड्यो ?’ लगायतका नारा सहित राष्ट्रीय एकता अभियानका अभियन्ताहरुले प्रर्दशन गरेका थिए । 

प्रदर्शनमा २५० जना भन्दा बढी युवाहरू सहभागी थिए । उनीहरूले पाकिस्तानमा अल्पसंख्यकहरुका विरुद्ध चलिरहेको अत्याचार, हिन्दू र बौद्ध मन्दिर विनाश र जबरजस्ती हिन्दु केटीहरुको धर्म परिवर्तनको विरोध गरेका थिए । 

यस बीच, प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेका छन् । प्रहरीहरुको समूहले उनीहरूले बोकेका ब्यानर खोसेका छन् । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech