थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २५ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्याले २५ हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएसँगै देशमा संक्रमित हुनेको सँख्या  २५ हजार ५५१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्। पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन्। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech