काठमाडौं उपत्यकामा थप ११९ जनामा देखियो कोरोना संक्रमण 

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको हो । 

काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिए। देशमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्याले २५ हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएसँगै देशमा संक्रमित हुनेको सँख्या  २५ हजार ५५१ पुगेको छ। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech