सिन्धुपाल्चोक पहिरो अपडेटः बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला, २७ जनाअझै बेपत्ता

  |   प्रकाशित :

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदिमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीले जानकारी दिएका हुन् । 

उनका अनुसार ५ जना बालक, २ महिला र ४ जना पुरुषको शव निकालिएको हो । प्रारम्भिक रुपमा २७ जना अझै बेपत्ता भएको अनुमान प्रहरीले गरेको छ । उनका अनुसार ३७ घरमा क्षति पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech