पहिरो पीडितहरुलाई तत्काल घरबासको व्यवस्था गर्न कांग्रेसका सभापति देउवाको माग

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोबाट भएका पीडितहरुका लागि तत्काल उचित बासको प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत् सिन्धुपाल्चोक र कालिकोटमा गएको पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

उनले पहिरोबाट प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति दिलाउन पनि सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले “सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्धार गर्न म सरकारसँग माग गर्दछु । साथै पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गर्दछु,” भनेका छन् । 

ृनले थपेका छन् “पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दछु । पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित बासको प्रवन्ध गर्न र आवश्यक क्षतिपुर्ति दिलाउन पनि म सरकारसँग माग गर्दछु ।”  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech