चीनसँगको व्यापार सम्झौता रद्द गर्न अमेरिकालाई पूर्वी तुर्कीस्तान मुभ्मेन्टको माग

  |   प्रकाशित :

पूर्वी तुर्कीमेनिस्तान राष्ट्रिय जागृति मुभ्मेन्टले अमेरिकी व्यापार प्रतिनिधिलाई चीनसँगको आफ्नो व्यापार सम्झौता रद्द गर्न आग्रह गरेको छ ।

चीनले स्वयात्त सिन्जियाङ प्रान्त भनिने पूर्वी तुर्कीमेनिस्तानमा "नरसंहार गर्ने, उइगरहरुमाथि श्रम शोषण गर्ने संलग्‍न भएकोले चीनसँगको सम्झौता रद्द गर्न अमेरिकालाई आग्रह गरेको हो ।

"@USTADRep (अमेरिकी व्यापार प्रतिनिधि)ले #TradDeal (व्यापार सम्झौता) #China (चीनसँग) रद्द गर्नुपर्दछ । अमेरिका चिनियाँ कम्युनिस्ट पार्टीको नरसंहारमा संलग्‍न हुनुहुँदैन । चीन उइगरहरुमाथि चरम मानवअधिकारको उल्लंघन गर्दै नरसंहार गर्ने, उइगरलाई जबरजस्ती गर्भनिरोध गराउने र दास बनाउने गरेको छ," पूर्वी तुर्कीस्तान राष्ट्रिय जागृति आन्दोलनले ट्वीट गर्दै भनेको छ ।

ह्‍वाइट हाउसलाई आधिकारिक रूपमा उइगर नरसंहारलाई रोक्‍न र चिनियाँ कम्युनिस्ट पार्टी कारबाही गर्न आग्रह गरेको छ । दशकौंदेखि चीन सिन्जियाङमा क्षेत्रमा मानवअधिकारको चरम उल्लंघन गरिरहेको छ ।

विशेष गरी सन् २०१४ मा राष्ट्रपति सी जिनपिङको शासन सुरु भएपछि उइगरहरुलाई जातीय पहिचान र जनसंख्या उन्मुलन गर्ने उद्देश्यले यातना दिइरहेको छ । डेली सिटिजनले तयार गरेको एक प्रतिवेदनमा भनिएको छ, "चीनले उइगर महिला र युवतीहरुलाई चिनियाँसँग जबरजस्ती विवाह गर्ने गरेको जनाइएको छ ।

"यो सरकारद्वारा प्रायोजित सामूहिक बलात्कार हो," अभियानका प्रमुख रूचिक अब्बासले एक अन्तर्वार्तामा भने । बेइजिङ सरकारको "पेयर अप र परिवार बन्‍ने" अभियानको एक हिस्साको रूपमा कम्युनिष्ट पार्टीका हान चिनियाँ पुरुषहरु यौन दुर्व्यवहारका लागि उइगर महिलासँग बस्छन् डेली सिटीजनले रिपोर्ट गरेको छ ।

यस अभियानलाई गहिरो सांस्कृतिक सम्बन्ध र पारिवारिक बन्धन विकास गर्ने माध्यमको रूपमा चित्रण गरिएको छ, यथार्थमा यो उइगर परिवारहरूमा नजर राख्नु र परिवारलाई चिनियाँ विधि अपनाइएको छैन भने अधिकारीहरूलाई रिपोर्ट गर्ने एउटा तरिका भएको बताइएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech