नातावाद र रंग भेदको सिकार बनेकी अभिनेत्री, 'रंग विभेद गर्दा निकै दुःख लाग्यो'

  |   प्रकाशित :

 मुम्बई । अभिनेत्री समीरा रेड्डीले आफु रंग भेदको सिकार बन्दा निकै दुःखी बनेको बताएकी छन् । 

बलिउडमा नातावाद मात्र नभएर रंग विभेद पनि हुने गरेको अभिनेत्री समीरा रेड्डीले बताएकी छन् । समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी छन् । 

‘बलिउडमा नेपोटिज्म अर्थात् नातावादका कारण अन्य कलाकारले काम नपाउने गरेको बताइन्छ । तर, यहाँ रंग भेदका कारण मैले थुप्रै फिल्म गुमाउनुपरेको छ ।’ अभिनेत्रीले बताएकी छन् ।

बलिउडका आमनायिकाको तुलनामा उनी केही काली छिन् । त्यसैले आफूलाई ध्वाँसी भनेर केही फिल्मबाट निकालेको पनि उनले बताएकी छन्, ‘मलाई ध्वाँसी अर्थात् काली, धेरै अग्ली भनेर फिल्मकर्मीले नै काम नदिएका थुप्रै घटनाहरू छन् । म उनीहरूको नाम लिएर यहाँ मन दुखाउन चाहन्न ।’ तर, आफूलाई यसरी रंग विभेद गर्दा त्यस्तो समय निकै दुःख लाग्ने गरेको समीराले बताएकी छन् ।

यी अभिनेत्री पछिल्लो समय आमा बनेपछि सन्तानको हेरचाहमा व्यस्त छन् । बलिउडमा मैने दिल तुझको दिया, प्लान, मुसाफिर, दे दनादन, नो इन्ट्रीसहित विभिन्न फिल्ममा नायिका बनेर काम गरेकी समीराले आफू काली भएकै कारण थुप्रै फिल्म खोसिएको बताएकी हुन् । 

रूपकै कारण आफूमाथि विभेद भएको कुरा धेरैपटक लुकाउनुपरेको पनि यी अभिनेत्रीले खुलासा गरेकी छन् । तर, केही फिल्मकर्मीले आमनायिका भन्दै केही फरक भएको भन्दै आफ्नो रूपकै कारण फिल्ममा काम दिएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech