कोरोना महामारीमा विद्यार्थीका लागि काश्‍मीरका एक शिक्षकले बनाए एन्ड्रोयड एप

  |   प्रकाशित :

जम्मु कश्मीरको एक सरकारी स्कूलका शिक्षकले कोभिड-१९ का कारण जारी लकडाउनबाट प्रभावित विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यकले एक स्कूल वेबसाइट र एक एन्ड्रोइड एप बनाएका छन् ।

कोविड १९ को प्रकोपको बेला, जम्मू कश्मीरलगायत भारतभरका विद्यार्थीहरू विद्यालय जान असमर्थ छन् । यस समयमा शिक्षा ग्रहण गर्ने विकल्पको रुपम अनलाइद्द रहेको छ ।

उरीको चन्दनवारी गाउँका आईजाक शेख, जो आईटीमा प्राध्यापक हुन् । उनले सरकारी उच्च माध्यमिक नम्ब्ला उरीको लागि एक वेबसाइट बनाएका छन् ।

चाखलाग्दो कुरा के छ भने, उनले वेबसाइट सिर्जना गर्न राज्यमा उपलब्ध २ जी इन्टरनेट सेवा प्रयोग गरेका छन् । उनले विद्यार्थीहरूको लागि अध्ययन सजिलो बनाउनको लागि एन्ड्रोइड एप्लिकेसन पनि डिजाइन गरेका छन् ।

"यो बनाउन मलाई १५ दिन लागेको थियो । तर मेरो विद्यालयका विद्यार्थी र त्यहाँका कर्मचारीहरूको पहुँचमा पुर्‍याउनका लागउ तीन महिना लाग्यो," ऐजाज शेखले एएनआईलाई भने ।

"मैले अरू शिक्षकहरूसँगै हाम्रो स्कूलको वेबसाइटमा काम गर्ने निर्णय गरें । जुन हामीले आफ्ना उच्च अधिकारीहरूसँग छलफल गरेका थियौं । जब कोभिड -१९ कक्षा सुरु भए । हामी पनि कसरी विद्यार्थीहरूको लागि अनलाइन कक्षा सुरू गर्ने योजना बनायौं," उनले थपे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech