प्लाज्मा थेरापीमार्फत गरिने उपचार बारे अझै निक्र्योल हुन सकेन

  |   प्रकाशित :

काठमाडौं। प्लाज्मा थेरापीमार्फत गरिने उपचार बारे अझै निक्र्योल हुन सकेको छैन ।

काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर प्रयोग भइरहेको प्लाज्मा थेरापीमार्फत गरिने उपचारले कोरोना संक्रमण निको पार्छ कि पार्दैन भन्ने कुरा अझै निक्र्योल हुन नसकेको हो ।

उपत्यकाभित्रका कोभिड अस्पतालमा उपचाररत बिरामीमा प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि प्रयोग गरिएकाले कुनको प्रभाव परेको हो भन्ने अवस्था प्रष्ट नरहेको चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ जनामा प्लाज्मा थेरापी तथा पाँचैजनालाई रेमडिसिभिर औषधि पनि दिइएको थियो । प्लाज्मा थेरापी दिइएका ५ जना ६० वर्षमुनि र ३० वर्षमाथिका थिए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जनामा दिइएकामध्ये १ जना निको भएका थिए भने दुईजनाको मृत्यु भएको थियो । अन्य बिरामी पनि थेरापी लिने प्रक्रियामै छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech