‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गरौंः ओली

  |   प्रकाशित :

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘साक्षर नेपाल’ निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविष्य सुनिश्चित गर्ने सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज सन्देश दिँदै संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरेकाले यस्तो संवैधानिक सुनिश्चिततालाई सरकारले कार्यान्वयन गरेको उल्लेख गरे ।

उनले विद्यालय जाने उमेर नाघेका नागरिकका निमित्त जीवन उपयोगी शिक्षाका अवसर प्रदान गर्दै जीवनपर्यन्त सिकाइका अवसर जुटाउने विषयसमेत सरकारको प्राथमिकतामा रहेको जनाउँदै यसका निमित्त साक्षरता तथा साक्षरोत्तर कार्यक्रमका साथै स्वअध्ययनलाई प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको अवगत गराए ।

“साक्षर तथा साक्षरोत्तर कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ र सामुदायिक अध्ययन केन्द्रको परिचालनबाट टोलटोलसम्म यी कार्यक्रम पु¥याउन सम्भव भएको छ”, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “अर्कातिर आर्जित ज्ञानको प्रमाणीकरण र समकक्षता निर्धारणका सन्दर्भमा भरपर्दो पद्धति बनाउने कुरा पनि उत्तिकै महत्वपूर्ण छ ।”

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech