अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउन सक्ने

  |   प्रकाशित :

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारको मुख्य दाबेदार देखिएका छन् । 

ट्रम्प सन् २०२१ को नोबेल शान्ति पुरस्कारको मुख्य दाबेदार देखिएसँगै उक्त सम्भावना बढेको हो । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । उनले इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौतामा मध्यस्थताको भुमिका निभाएर उक्त सुचीमा परेका हुन् ।

मनोनयनमा परेकामध्ये ट्रम्पको उक्त कदमलाई महत्वपूर्ण मानिएको छ । नोबल कमिटीले पनि उनको योगदानलाई विशेष मानेको बुझिएको छ । नोबल कमिटिीलाई पत्र लेख्दै नर्वेका सांसद टिबरिङ जेडेलले ट्रम्पले इजरालय र युइएबीचको शान्ति सम्झौामा महत्वपूर्ण भुमिका निभाएको उल्लेख गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech