चीनसँग भिड्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति

  |   प्रकाशित :

काठमाडौं । चीनको प्रभुत्व बढाउने कोसिसँग जुध्नका लागि भारत र जापानबीच महत्वपूर्ण सहमति बनेको छ ।

टाइम्स अफ इन्डियामा छापिएको एक समाचारअनुसार हिन्द महासागरमा आफ्नो रणनीतिक पहुँच बढाउनका लागि र भारत–प्रशान्त क्षेत्रमा चीनको प्रभुत्व बढाउन भइरहेका कामहरुलाई कम गर्न भारत र जापानबीच एक महत्वपूर्ण सम्झौता भएको हो ।

यो सम्झौताअनुसार अब भारत–प्रशान्त क्षेत्रमा दुई देशबीच एकले अर्कोलाई युद्धपोत तथा विमानका लागि सैन्य सहयोग बढाउने भइएको छ । जापनसँग यो सम्झौता भएसँगै अब भारतसँग यस्तो सम्झौता गर्ने देशको संख्या ६ पुगेको छ । यसअघि अमेरिका, फ्रान्स, अष्ट्रेलिया, दक्षिण कोरिया र सिंगापुरसँग यो इलाकामा सैन्य सहयोग बढाउने विषयमा भारतले सम्झौता गरिसकेको छ । 

पत्रिकाका अनुसार बिहिबार बर्तमान अधिकारीले भारत, बेलायत रुससँग पनि यस्तै प्रकारको सहयोगका लागि कुराकानी अघि बढिरहेको र यो वर्षको अन्त्यसम्म रुससँग कुनै सहमतिमा पुग्न सक्ने जानकारी दिएका छन् । वर्तमान अधिकारीले चीनले झैं भारत देशबाहिर समुद्रमा कुनै प्रकारको सैन्य अड्डा बनाउने इच्छा नराखेको बताएका छन् । भारतीय सेना र जापानी सेल्फ डिफेन्स फोर्सेसबीच यो सम्बन्धि सम्झौतमा रक्षा सचिव अजय कुमार र जापानका राजदूत सुजुकी सतोशीले हस्ताक्षर गरेको जानकारी दिएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech