शिख र हिन्दुलाई पाकिस्तानको धार्मिक पर्यटन प्याकेज

  |   प्रकाशित :

अमृतसर । पाकिस्तान सरकारले पहिलो पटक विश्वका सिख र हिन्दू भक्तहरुलाई आफ्ना धार्मिक मन्दिरहरुमा प्रार्थना गर्न र धार्मिक अनुष्ठान भ्रमणमा आकर्षित गर्न धार्मिक पर्यटन प्याकेज ल्याउने निर्णय गरेको छ ।

इस्लामाबादबाट टेलिफोनमा कुरा गर्दै इवाक्यु ट्रस्ट सम्पत्ति बोर्ड (ईटीपीबी) का अध्यक्ष आमेर अहमदले बोर्डले धार्मिक पर्यटनलाई बढावा दिन यो योजना प्रस्ताव गरेको बताएका छन् ।

"प्याकेजहरू तीन वा पाँच दिनका लागि हुनसक्छन् । हामी यसका लागि प्रक्रियामै छौं र छिट्टै टुर अपरेटरहरूको रेजिष्ट्रेसन सुरु गर्नेछौं," उनले भने, "भारत र विश्वभरका तीर्थयात्रीहरूले यस प्याकेजलाई ग्रहण गर्नसक्ने छन् ।

पाकिस्तानको गुरुद्वारा चोआ साहिब अगस्तमा खोलिएको थियो

इटीपीका अध्यक्षले बुधबार इस्लामावादमा पर्यटन मन्त्रालयको बैठकको अध्यक्षता गरेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सहायक सय्यद जुल्फिकार अब्बास भुखारीले प्रस्तावको प्रशंसा गरेको बताएका छन् ।

ईटीपीबीले सिख र हिन्दुहरूको धार्मिक मामिलाको हेरचाह गरिरहेको गुरुद्वारा खारा साहिब एमिनाबाद खोल्ने निर्णय पनि गरेको छ र पछिल्लो समयमा खोलिएको गुरुद्वारा चोआ साहिबको विकास र मर्मतसम्भार गर्न सैद्धान्तिक सहमति पनि दिएको छ । इटिपीले हसन अब्दालको गुरुद्वारा पञ्जा साहिब अन्तर्गत काम गरिरहेको छ ।

पाकिस्तानको पञ्‍जाबको सियालकोट जिल्लामा एक हजार वर्ष पुरानो शिवाला तेजा सिंहका लागि प्रमुख नवीकरण कार्यक्रम पनि तयार गरिएको छ । विभाजनदेखि नै बन्द भएको ऐतिहासिक शिवालयलाई २०१९ जुलाईमा हिन्दुहरूले प्रार्थना गर्न र धार्मिक सेवाहरू गर्नका लागि खुला राखिएको थियो ।

उनले सरकारले लाहोरदेखि कर्तापुर साहिबसम्मको वर्षातमा क्षतिग्रस्त भएको मुख्य सडक पनि मर्मत गर्ने निर्णय गरेको बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech