कोभिड–१९ का कारण बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकियो

  |   प्रकाशित :

काठमाडौं। पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले शुरु गरिएको बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकिने भएको छ । 

कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको हो । राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा पहिलोपटक स्थगित हुने भएको हो । बली व्यवस्थापन गर्ने निकाय कौशितोषाखानामा बसेको बैठकले यो वर्षको दशैंमा मूल घरमा दिइने बली रोक्ने निर्णय गरेको छ । यो निर्णय करिब एक साताअघि भएको थियो ।

कौशितोषाखानका शाखा अधिकृत राजभाइ श्रेष्ठले गृह र संस्कृति मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, पुरोहित र सरोकारवाला निकायको बैठकले कोरोना महामाहारीका कारण यो मूलचोकमा दिने बली स्थगित भएको जानकारी दिए। उनले भने– ‘अष्टमी (कालरात्रि), नवमी र चतुदर्शीको दिनमा मूल चोकको बली यो वर्षका लागि स्थगित गर्ने निर्णय भएको छ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech