भारतका प्रधानमन्त्री, राष्ट्रपति र ठूला नेतासहित १० हजार भारतीय नागरिकमाथि चीनको निगरानी !

  |   प्रकाशित :

भारत । चीनको एक कम्पनीले १० हजार भारतीय नागरिक र संस्थामाथि निगरानी राखेको खुलेको छ।

अंग्रेजी पत्रिका इण्डियन एक्सप्रेसले दुई महिनासम्म गरेको अनुसन्धानमा चीनको 'जुनख्वा डेटा इन्फर्मेशन टेक्नोलोजी को लिमिटेड' नामको कम्पनीले जासुसी गर्दै आएको पत्ता लागेको हो। यो कम्पनी चीनको शेनजेनमा छ। यसको सम्बन्ध चीनको सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग रहेको पत्रिकाले दावी गरेको छ।

राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष सोनिया गान्धी र उनको परिवार, ममता बनर्जी, अशोक गहलोत, नवीन पटनायक, उद्धव ठाकरेदेखि लिएर क्याविनेट मन्त्री राजनाथ सिंह, रवि शंकर प्रसाद, निर्मला सीतारमण, स्मृति इरानीसम्म चीनको निगरानी सूचीमा छन्।

यतिमात्र होइन चीफ अफ डिफेन्स स्टाफ बिपिन रावत, आर्मी, नेवी र एयरफोर्सका १५ प्रमुखदेखि लिएर मुख्य न्यायाधीश शरद बोबडे, लोकपाल पीसी घोष, कैग प्रमुख जीसी मुर्मु, 'भारत पे'का संस्थापक निपुण मेहरा, उद्योगपति रतन टाटा र गौतम अडानीलाई पनि कम्पनीले निगरानी गरिरहेको छ। यसका अलावामा धनाढ्य, न्यायाधिश, वैज्ञानिक, पत्रकार, कार्यकर्ता र धार्मिक व्यक्तिहरु पनि निगरानीमा छन्।

यो कम्पनीले आफै पनि चीनको खुफिया एजेंसी, सेना र सुरक्षा एजेन्हरुसँग काम गर्दै आएको बताउँदै आएको छ। इण्डियन एक्सप्रेसले दिल्लीस्थित चिनियाँ दूतावासका स्रोतसँग प्रश्न गर्दा चीनले कुनै पनि कम्पनी वा अन्य व्यक्तिसँग अर्को देशको डेटा वा इन्टलिजेन्सका बारेमा नमागेको र कहिल्यै नमाग्ने स्पष्ट पारे।

पत्रिकाले कम्पनीसँग यसबारे जवाफ मागेको थियो। तर सेप्टेम्बरदेखि कम्पनीले वेवासाइट नै बन्द गरेको छ। यसबाट चीनको जासुसी गतिविधिबारे शंका उत्पन्न भएको छ। यस्ता खालका कम्पनीले डेटा राख्नु 'हाईब्रिड वारफेयर' को हिस्सा हुन्छ। जहाँ गैर-सैन्य तरीकाबाट प्रभुत्व र प्रभावित गर्नका लागि प्रयोग गरिन्छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech