पाकिस्तानी-तालिबानको पुन: एकिकरणपछि चीनको बीआरआई खतरामा

  |   प्रकाशित :

पेसावर । पाकिस्तान तालिबानले पछिल्लो समय विभिन्‍न गुटहरुको पनुर्मिलन गरेपछि उत्तरपश्‍चिम पाकिस्तानलाई जोड्ने चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाहरुमा खतरा परेको विश्लेषकहरूले बताएका छन् ।

"पछिल्लो समय पाकिस्तान-तालिबानको गठबन्धनले चिनियाँ नागरिक र परियोजनाको सुरक्षा खतरा बढाउनुका साथै सुरक्षा चिन्ता निम्त्याएको छ," इस्लामाबादका एक सुरक्षा अधिकारीले नाम नखुलाउने सर्तमा भने ।

"खैबर पख्तुनख्वा प्रान्तका विभिन्‍न दुर्गम क्षेत्रहरूमा मुख्यतया जलविद्युत उत्पादन र पूर्वाधारको क्षेत्रमा धेरै चिनियाँ विकास परियोजनाहरू चलिरहेका छन् । पाकिस्तानी तालिवानले हालसालै पुनर्मिलन गर्दा चिनियाँ नागरिक र परियोजनाको सुरक्षाका बारे चिन्ता बढेको छ," उनले भने ।

पाकिस्तान तालिवान वा तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का तीन प्रमुख गुटहरू जमात-उल-अहरार, हिजब उल-अहरार र हकिमुल्लाह मेहसूद समूह थिए ।

उनीहरू २०१४ मा नेतृत्वका मुद्दाहरूको कारण विभाजित भएका थिए । यद्यपि यो घोषणा गरिएको थियो कि गत महिना यो समूह फेरि एकजुट भएको र बलुचिस्तान प्रान्तमा क्रियाशील प्रतिबन्धित आतंकवादी समूह लश्कर-ए-झांगवीको समूह पनि मिलेर आएका थिए ।

(टाईम्स अफ ईण्डियाको सहयोगमा)

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech