भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले कुलमानलाई पुन:र्नियुक्ति गरेन: वरिष्ठ नेता भट्टराई

  |   प्रकाशित :

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले इमान्दार र सक्षम कुलमान घिसिङलाई पुनर्नियुक्ति नगरेको बताएका छन् । 

समाजिक सञ्जाल ट्वीटरमा मंगलबार साझ एक ट्वीट गर्दै नेता भट्टराईले भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दाररसक्षम कुलमानलाई पुनर्नियुक्ति नगरेको बताएका हुन् । 

‘भ्रष्ट आसेपासेलाई संरक्षण गर्ने सरकारले इमान्दाररसक्षम कुलमानलाई पुनर्नियुक्ति गरेन,’ भट्टराईले ट्वीटमा लेखेका छन् ।  ‘देशमा आदर्श पात्रको यस्तो खडेरी छ कि कर्तव्य खरो निर्वाह गर्ने कुलमान देशको आदर्श बनेका छन् ।’

एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई नपचाएको समते भट्टराईले बताएका छन् । उनले लेभने ‘एकल जातीय बर्चस्व रहेको राज्यले उत्पीडित जातिमा जन्मेका कुलमानलाई पचाएन !’

प्राधिकरणको चार वर्ष नेतृत्व सम्हालेका कुलमानलाई मंगलबार कार्यक्रम गरी औपचारिक रूपमै विदाइ गरिएको हो। उहाँको पदावधि भदौ २९ गते सकिएको थियो । सरकारले उनको पुनर्नियुक्ति गर्ने चर्चा चले पनि अहिलेसम्म गरेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech