कुलमानलाई फेरि पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न माग गर्दै बालाजु र जोरपाटीमा युवाहरुको प्रदर्शन

  |   प्रकाशित :

काठमाडौं । कुलमान घिसिङको समर्थनमा काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन भएको छ ।

स्वतन्त्र नागरिक समूह तथा स्थानीय युवाहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि पनि घिसिङलाई नै नियुक्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

बालाजु माछापोखरीमा स्वतन्त्र नागरिक समूहले शान्तिपुर्ण प्रदर्शन गरेको हो भने जोरपाटीमा स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । विभिन्न प्ले९कार्ड समेत बोकेकाहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै चर्को नाराबजी पनि गरेका थिए ।

राष्ट्रिय झण्डासहित उपस्थित युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले कुलमानलाई फेरि प्राधिकरणमा जिम्मेवारी दिने गरी निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech