काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरस सङ्क्रतण पुष्टि

  |   प्रकाशित :

काठमाडौं। काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरस सङ्क्रतण पुष्टि भएको छ । 

उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका ७५५ जना नयाँ सङ्क्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौंमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । 

त्यस्तै, देशमा थप एक हजार ४९७ जना सङ्क्रमित थपिएको मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा जानकारी दिएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको गौतमले बताए । 

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२।७ प्रतिशत पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech