कोरोना भाइरस संक्रमणबाट देशमा थप १७ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशमा थप १७ जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी १७ जना संक्रमितको मृत्यु भएको हो । यसअघि केही दिनअघि मात्र २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । 

त्यस्तै, देशमा थप एक हजार ४९७ जना सङ्क्रमित थपिएको मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा जानकारी दिएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको गौतमले बताए । 

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech