देशमा थप १,५१३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ७६ हजार नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । देशमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित देशमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको जनाएको छ ।

 हाल २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech