काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

काठमाडौं उपत्यकाको तीनै जिल्लामा गरि कुल ९३४ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ मा सङ्क्रमणको पुष्टि भएको हो । 

त्यस्तै, देशमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित देशमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको जनाएको छ ।

 हाल २० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्। पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech