बझाङ घटनालाई गम्भीर रुपमा लिएको भन्दै सभामुख सापकोटाले व्यक्त गरे यस्ताे प्रतिवद्धता

  |   प्रकाशित :

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङ घटनालाई गम्भीर रुपमा लिएको बताएका छन् । 

आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका हुन् । 

साथै, उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बझाङबाट प्रतिनिधिसभा सदस्य आशा कुमारी वि।क।लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech