नेपालका लागि २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध हुने

  |   प्रकाशित :

दमौली । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ ।

विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको हो । रुसी भ्याक्सिन स्पुतनिक(भी २ करोड ५० लाख डोज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

कोषले मंगलबार ट्रिनिटी ​​फर्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ । स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । 

यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ । रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता भने दिइसकेको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech