'उत्तरी सीमा अतिक्रमणका विषयमा सरकारले दिएको अभिव्यक्ति आपत्तिजनक'

  |   प्रकाशित :

काठमाडौं । पछिल्लो सरकारले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आपत्ति जनाएका छन् ।

हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा छानबिन नै नगरेर सरकारले दिएको अभिव्यक्तिप्रति उपसभापति निधिले आपत्ति जनाएका हुन् ।

सहिद स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘सहिदको बलिदान र वर्तमान राजनीतिक परिवेश’ विषयक ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उनले अतिक्रमित  नेपाली भूमिको विषयमा छानबिननै नगरेर सरकारले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित भूमि नेपालकै हो भनेर गरेको दाबीलाई बेवास्ता गर्दै सरकारका तर्फबाट आएको अभिव्यक्ति आपत्तिजनक भएको उपसभापति निधिको भनाइ थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech