कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु

  |   प्रकाशित :

धरान। कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरस संक्रमणबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक एक गरि २ जनाको मृत्यु भएको हो । 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराट मेडिकल कलेज विराटनगरबाट रिफर गरिएका इटहरी–६ का ५६ वर्षीय पुरुषको बुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराउँदै आएका पुरुषकोपनि संक्रमणबाट ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको हो

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech