चिनियाँ उत्पादनमा ट्रम्पको ट्‍यारिफले विश्वव्यावी व्यापार नियम उल्लंघन : डब्ल्यूटीओ

  |   प्रकाशित :

वाशिङटन । विश्व व्यापार संगठन (डब्लूटीओ) ले चिनियाँ सामग्रीमा अमेरिकाले लगाएको ट्यारिफले विश्वव्यापी व्यापार नियमहरुको उल्लंघन गरेको बताएको छ ।

चीनसँगको व्यापार युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको चिनियाँ सामानमा अमेरिकी करले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको डब्लूटीओले बताएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा ३३५० बिलियन अमेरिकी डलरभन्दा बढीको चिनियाँ आयातमा ट्यारिफ लगाएपछि तीन व्यापार विज्ञहरूको एक प्यानलले यो निर्णय सुनाएको हो ।

ट्रम्पले यसलाई बेइजिङको अनुचित व्यापार प्रथाको प्रतिक्रिया भएको बताएका छन् । यस निर्णयले व्यापार युद्धमा चीनको स्थितिलाई जोड दिएको छ र सानो बाध्यकारी प्रभाव हुनसक्ने आँकलन गरिएको ५ ।

डिसेम्बरमा ट्रम्पले डब्ल्यूटीओको विवाद समाधान अदालतमा सबै नयाँ नियुक्तिहरूलाई अवरुद्ध गर्दै प्रभावकारी ढंगले कार्यात्मक बनाउनुपर्नेमा जोड दिएका थिए ।

यसअघि व्यापार युद्धमा सहमति नजिक पुगेका दुई मुलुकहरु कोरोना महामारीका कारण फेरि विवाद सिर्जना भएको छ । ट्रम्पले सिन्जियाङमा चीनले मानवअधिकारको चरम उल्लंघन गरेको र विभिन्‍न कम्पनीमा उइगरहरुको श्रम शोषण गरिएको भन्दै सिन्जियाङमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

चीनले उक्त प्रतिबन्धको कडा विरोध र आलोचना गरेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech