युवराज खतिवडालाई ओलीले दिए ठूलो पद, राजदूत बनेर अमेरिका जाँदै, हतार हतार अरु के-के निर्णय गरे ओलीले ?

  |   प्रकाशित :

काठमाडौं । सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाएर पठाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद पुनर्गठन हुने तयारी भइरहेका बेला आज विहान हतार हतार बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नियुक्ति गरेका हुन्। जसमा खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ।

त्यसैगरी मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीना दिएपछि सरकारले परराष्ट्र मन्त्रालयका सचिव वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो। एक मन्त्रीका अनुसार मुख्यसचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech