सरकार कुहिरो भित्रको काग जस्तै, आश्चर्यजनक मात्रै होइन घोर आपतिजनक पनि छः नेविसंघ

  |   प्रकाशित :

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुक दर्शक भएर बसेको भन्दै नेपाल विद्यार्थी सँघले आपती जनाएको छ । 

नेपाल विद्यार्थी सँघले आज (बिहिबा) एक प्रस विज्ञप्ती जारी गर्दै ओली नेतृत्वको सरकार मुक दर्शक भएर बसेकोमा आपती जनाएको हो । जारी विज्ञप्तीमा ‘हत्या, हिंसा बलात्कारका घटना बढी रहदँ, सिमा अतिक्रमणको समाचारहरु आइरहदाँ सरकार मुक दर्शक भएर बस्नु आश्चर्यजनक मात्रै होइन, घोर आपतिजनक पनि छ ।’ भनिएको छ । 

कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावीत भएको यस अवस्थामा ती प्रभावहरु न्युनिकरण गर्न सरकारले अझ बढी सकृयता देखाउनु पर्नेमा सरकार कुहिरो भित्रको काग जस्तै अलमलिएको र सरकारको यस्तो संकटपूर्ण अवस्था देखेर नेपाली जनतामा  निराशा छाएको भनिएको छ । 

जारी विज्ञप्तीमा ‘देशमा शान्ती, शुरक्षा र अमन चैन कायम राख्न तथा कोरोना महामारीका कारण हरेक क्षेत्र प्रभावीत भएको यस अवस्थामा ती प्रभावहरु न्युनिकरण गर्न सरकारले अझ बढी सकृयता देखाउनु पर्नेमा सरकार कुहिरो भित्रको काग जस्तै अलमलिएको देख्दाँ नेपाली जनतामा निराशा छाएको छ ।’ भनिएको छ । 

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech