मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरे सरकार

  |   प्रकाशित :

काठमाडौं । सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि नयाँ मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। 

देशको निजामती कर्मचारीको नेतृत्व गर्ने मुख्यसचिवको महत्वपूर्ण भूमिका हुन्छ । मुख्यसचिव बन्न धेरै सचिवहरुको दौडधुप भएपछि रेग्मीको राजीनामाले वैरागीको लागि ढोका खुलेको हो । अन्यथा रेग्मीभन्दा पहिले वैरागी सेवानिवृत्त हुन्थे ।

सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए। यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech