सरकारको निर्णयलगत्तै निजी अस्पतालले असुल्न थाले कोरोना संक्रमितबाट पैसा, विरामी लुट्न ओली सरकारले दिए छुट !

  |   प्रकाशित :

काठमाडौं । सरकारले कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने, यहाँसम्मकी परीक्षण शुल्क पनि आफैले तिर्नुपर्ने निर्णय गरेपछि निजी अस्पतालहरुलाई मालामाल भएको छ । सानो सानो उपचारमा पनि ठग्ने र लुट्दै आएका अस्पतालहरुलाई केपी ओली सरकारले खुलेयाम रुपमा लुट्न स्वीकृति दिएको हो । अब निजी अस्पताहरुले कोरोनाको उपचारका नाममा पनि लुट मच्चाउने छन्। संविधानले स्वास्थ्यलाई मौलिक अधिकार अन्तर्गत राखेको छ। संविधानअनुसार निशुल्क उपचार गर्न सरकारलाई सर्वोच्च अदालतले बारम्बार आदेश दिएको छ । तर ओली सरकारले टेरेको छैन । उल्टै निजी अस्पतालहरुलाई खुलेयाम लुट्न अनुमति दिएको हो । 

अस्पतालहरुले पनि लुट्न सुरु गरेका छन् । सरकारबाटै कानुनी रुपमा लुट्न छुट पाएपछि एक निजी अस्पताल सिभिल अस्पतालले क्यान्टिनको खानाको पैसा संक्रमितले अगाडि नै तिर्नुपर्ने भनेर सूचना जारी गरेको छ । अब निजी अस्पतालहरुले मनोमानी रुपमा आइसोलेसनमा बसेको पैसा लिनेछन् । सरकारले ब्यहोर्दासम्म सरकारी मापदण्डअनुसार लिइरहेको भए पनि अब मापदण्ड पालना हुनेछैन । यसले गर्दा अब संक्रमितहरु उपचार खर्च नहुँदा अस्पतालै नजाने र संक्रमण समुदाय स्तरमा नराम्रोसँग फैलिने खतरा बढेको विश्लेषकहरु बताउँछन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech